खेल


पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

फाइल तस्बिर: पोखराका कप्तान कुशल भुर्तेल र विराटनगरका कप्तान सन्दीप लामिछाने


नेपालखबर
मंसिर २७, २०८१ बिहिबार ८:४५, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) को पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्सले ब्याटिङ गर्ने भएको छ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरअघि विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

विराटनगर र पोखराबीचको प्रतिस्पर्धाबाट एनपीएलबाट बाहिरिने अर्को टोलीको टुंगो लाग्नेछ। यसअघि बुधबार लुम्बिनी लायन्स प्लेअफ नपुग्ने निश्चित भइसकेको छ।

बाँकी रहेका ७ टोलीमा सबैभन्दा जोखिममा विराटनगर र पोखरा छन्। यी दुई टोलीलाई बाँकी सबै खेल जित्नैपर्ने दबाब छ।

तर सबै खेल जित्दा पनि प्लेअफ पुग्ने निश्चित छैन। यस्तो अवस्थामा अन्य टोलीको नतिजा अनुकूल हुनपर्छ। 

यी दुवै टोलीसँग समान चार खेलबाट २ अंक मात्रै छ। नेटरनरेटका आधारमा विराटनगर अन्तिममा र सातौँ स्थानमा पोखरा छन्।

अन्तिमसम्म पनि प्लेअफको सम्भावना बचाइराख्न विराटनगरले यसबीच नयाँ खेलाडीसमेत भित्र्याएको छ। 

आज पोखराविरुद्ध विराटनगरले नेदरल्यान्ड्सका कप्तानसमेत रहेका स्कट एडवर्डसलाई पनि मैदान उतार्ने तयारी गरेको छ। यसअघिको खेलमा कर्णालीसँग झिनो रनले पराजित विराटनगरलाई प्लेअफ पुग्न कठिन बनेको हो। 

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पनि लगातार हार भोगिरहेको छ। यी दुवै टोलीले लुम्बिनी बाहेकलाई हराउन सकेका छैनन्। विराटनगर यसअघि जनकपुर, सुदूरपश्चिम र कर्णालीसँग हारिसकेको छ। 

पोखरा पनि चितवन, जनकपुर र कर्णालीसँग हारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad