खेल


किशोर महतोको घातक बलिङमा सुदूरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य

किशोर महतोको घातक बलिङमा सुदूरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २६, २०८१ बुधबार १०:३५, काठमाडौँ

किशोर महतोको घातक बलिङमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससामु १ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २३ रनको योगफल तयार पारेको हो। 

पहिलो विकेटका लागि ओपनर सैफ जैब र विनोद भण्डारीले ७.४ ओभरमा ५५ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई राम्रो सुरुवात दिलाएका थिए। 

ओपनर जैब २१ बलमा २ छक्का सहयोगमा २१ रन बनाउँदै हर्ष ठाकेरको बलमा अरनिको यादवको हातबाट क्याच आउट हुनपुगे। 

अर्का ओपनर भण्डारी ३३ रन बनाउँदै क्याच आउट भए। ३७ बलमा ३ चौका र १ छक्का हानेका भण्डारी शेर मल्लको बलमा जोस्वा ट्रम्पको हातबाट क्याच आउट भए। 

इसान पाण्डे १७ रन बनाउँदै किशोर महतोको बलमा निसमको हातबाट आउट हुन पुगे। 

तेस्रो नम्बरमा ब्याटिङमा आएका हरमित  सिहं १ रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट भए। 

११ रन बनाएका ब्राण्डोन म्याक मुलेन अरनिको यादवको बलमा ट्रम्पको हातबाट क्याच आउट भए। 

कप्तान दिपेन्द्र सिंह ऐरि शुन्य रनमा अरनिको यादवको ट्रम्पको हातबाट क्याच आउट नै हुन पुगे। 

जनकपुरका लागि किशोर महतोले ४ विकेट लिए। उनले आफ्नो स्पेलमा ३५ रन खर्चे। 

उनले १८ औँ ओभरमा लगातार ३ विकेट लिएपछि सुदूरपश्चिमको ब्याटिङ लाइन धरापमा परेको थियो।

१८ औँ ओभरको पहिलो बलमा आरिफ शेखलाई आउट गराएका किशोरले तेस्रो बलमा इसान पाण्डेलाई पेभेलियनको बाटो देखाएका थिए।

सोही ओभरको अन्तिम बलमा स्कट कुग्लेजिनलाई ७ रनमा बोल्ड आउट गरे। किशोरले नै अन्तिम ओभरको पहिलो बलमा नरेन साउदलाई ३ रनमा क्याच आउट गराए। 

अरनिको यादव र शेर मल्लले समान २ विकेट लिए। हर्ष ठाकेरले एक विकेट आफ्नो नाममा गरे।

किशोर महतो र हर्ष ठाकेरले एक–एक विकेट आफ्नो नाममा गरे। ललित राजवंशी विकेटविहीन रहे। ललित पहिलो खेलमा विकेटविहीन हुन पुगेका हुन्। 

जनकपुरले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ। 

सुदूरपश्चिमले अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ। दिलप्रित बाज्वाको स्थानमा हरमित सिहं सुरुवाती ११ परेका छन्। 

जनकपुरले भने अघिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेको छ। जनकपुरले हेमन्त धामी, मोहम्मद मोहसिनको स्थानमा अरनिको यादव र जोस्वा ट्रम्प सुरुवाती ११ मा ल्याएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad