ग्लोबल


विद्रोही समूह राजधानी छिरेपछि भागे सिरियाका राष्ट्रपति

विद्रोही समूह राजधानी छिरेपछि भागे सिरियाका राष्ट्रपति

फाइल तस्बिर: सिरियाका राष्ट्रपति बसर अल-असद


नेपालखबर
मंसिर २३, २०८१ आइतबार ९:४, काठमाडौँ

सिरियाका विद्रोही समूहले आफू राजधानी दमास्कसमा प्रवेश गरेको दाबी गरेको छ।

यसैबीच, समाचार एजेन्सी रोयटर्सले दुई वरिष्ठ सिरियाली अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति बसर अल-असदले दमास्कस छाडेको बताएको छ, तर उनी कहाँ गए भन्ने स्पष्ट छैन।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले पनि सम्भवतः राष्ट्रपति बसर अल-असदलाई लिएर एउटा निजी विमान दमास्कस एयरपोर्टबाट निस्किएको बताएको छ।

सिरियाका विद्रोही समूहले हालसम्म हामा, देराका अधिकांश भाग र तेस्रो ठूलो सहर होम्स कब्जा गरेका छन्।

इस्लामिक चरमपन्थी समूह हयात तहरिर अल-शाम (एचटीएएस) का प्रमुख अबु मोहम्मद अल जुलानीले होम्स कब्जालाई ऐतिहासिक क्षण भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad