कर्णाली याक्सले विराटनगरविरुद्ध रोमाञ्चक जित हात पारेर महत्त्वपूर्ण २ अंक जोड्न सफल भएको छ।
शनिबारको दोस्रो खेलमा ब्याटिङमा सम्हालिन नसक्दा विराटनगर किंग्स भने पराजित हुनपुग्यो।
कर्णालीले एनपीएलको चार खेलमा २ खेलमा जित र २ खेलमा हार भोगेको छ। ४ खेलबाट ४ अंक जोडेको कर्णाली ४ अंकमा तालिकाको चौथो स्थानमा छ। ४ खेलमध्ये १ खेलमा जित र ३ खेलमा हार भोगेको विराटनगर २ अंकमा तालिकाको सातौँ स्थानमा छ।
कर्णालीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनाउन सक्यो।
अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा नन्दन यादवले ७ रन मात्र दिएपछि विराटनगरले तेस्रो हार व्यहोरेको हो।
तस्बिरहरू

























294
Shares

प्रतिक्रिया