सुदूरपश्चिम रोयल्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमान्डु गुर्खाजले ९२ रन जोड्दा आठौँ र नवौँ विकेट गुमाएको छ।
१५औँ ओभरको अन्तिम बलमा प्रतीक श्रेष्ठ आउट भए भने १६औँ ओभरको पहिलो बलमा करण केसी १ रनमा आउट भए। करणले ५ बलको सामना गरे। उनी नरेन साउदको बलमा म्याकमुलेनको हातबाट क्याच आउट भए।
यता प्रतीकले ६ बल सामना गरी ८ रन जोडे। १ छक्का प्रहार गरेका उनी अविनाश बोहराको बलमा बोल्ड आउट भए।
यसअघि रसिद खान, स्टेफन एस्किनाजी, सुमित महर्जन, जेरार्ड इरासमस, भीम सार्की, शंकर राना र माइकेल लेविट आउट भएका थिए।
काठमान्डुले जितका लागि १६८ रनको लक्ष्य पाएको छ।
45
Shares

प्रतिक्रिया