काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले लगगताार तेस्रो विकेट गुमाएको छ।
सुदूरपश्चिमले तेस्रो विकेटका रूपमा आरिफ शेखलाई गुमाएको हो।
५ बलमा २ चौका हानेका आरिफ बसिर अहमदको बलमा निकोलस किर्तोनको हातबाट क्याच आउट भए।
दोस्रो विकेटका रूपमा यसअघि ओपनर विनोद भण्डारी आउट भए। २० बलमा ४ चौका हानेका भण्डारी अनिल खरेलको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट हुन पुगे।
त्यअसघि अमित श्रेष्ठ दोस्रो ओभरको अन्तिम बलमा इसमात आलमको बलमा क्याच आउट भए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको सुदूरपश्चिमले छैटौँ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ४२ रन बनाएर खेलिरहेको छ।
117
Shares

प्रतिक्रिया