खेल


चितवनलाई सोहेलले दिलाएको त्यो जित

चितवनलाई सोहेलले दिलाएको त्यो जित

नेपालखबर
मंसिर १७, २०८१ सोमबार २१:३, काठमाडौँ

नेपाल प्रिमियर लिगक (एनपीएल) को दोस्रो दिन सोमबार चितवन राइनोजविरुद्ध काठमाडौँ गुर्खाज् र जनकपुर बोल्ट्सविरुद्ध कर्णाली गरी दुईवटा खेल भए।

कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्टसले लगातार दोस्रो जित दर्ता गर्दा सोहेल तनभिरको ५ विकेटको प्रेरणामा चितवन राइनोजले आफ्नो पहिलो खेलमा जित हात पार्न सफल भयो।

बिहान त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको कीर्तिपुर मैदानमा भएको खेलमा चितवनले काठमाडौँ गुर्खाजमाथि ५ विकेटको जित निकाल्दै एनपीएलमा सुखद् सुरूवात गरेको हो। ब्याटरले निकै संघर्ष गर्नुपरेको खेलमा काठमाडौँले ११२ रनको सामान्य लक्ष्य दिएको थियो। जुन लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो।

एक समय ८.५ मा ६८-५ को अवस्थामा हुँदा चितवन पनि दबाबमा थियो। तर अनुभवी ब्याटर शरद भेषावकर र युवा ब्याटर सन्तोषी कार्कीले सम्हालिएर खेल्दै १७ बलअगावै जित सुरक्षित गराए। यी दुईले छैटौँ विकेटका लागि ४६ रनको साझेदारी गरे।

सन्तोषले ३१ बलमा २८ रन र शरदले २१ बलमा ११ रन जोडे। सन्तोषको इनिङ्समा दुई चौका र एक छक्का रह्यो। कुशल मल्लको कप्तानीमा रहेको चितवनले आक्रमण सुरूवात गर्ने प्रयास गरेको थियो। तर स्पिनर साहब आलमले दोस्रो ओभरमा नै दीपक बोहरालाई ७ रनमा एलबीडब्लु गर्दै काठमाडौँलाई राम्रो सुरूवात दिलाए। साहबले नै चौथो ओभरमा अर्का ओपनर हसन इसाखिललाई १२ रनमा आउट गरे। त्यसपछि ब्याटिङमा आएका कप्तान कुशल र लुक बेनकेन्सटेनले इनिङ अगाडि बढाउने प्रसाल गरे। तर जेरार्ड इरासमस सातौँ ओभरमा लुकलाई २२ रनमा एलबिडब्लु गर्दै यो साझेदारी तोडे। 

लगत्तै अर्को ओभरमा कुशल पनि ११ रनमा नै पेभेलियन फर्किए। इङल्यान्ड अलराउन्डर रवि बोपाराले आक्रामक ब्याटिङ गर्ने प्रयास गरे। फेरि स्पिनर साहबले नै बोपारालाई ११ रनमा आउट गरे। यससँगै चितवनका पाँच विकेटरो पतन भयो। तर, शरद र सन्तोषले सम्हालिएर खेल्दै सहज जित दर्ता गरे। काठमाडौंको बलिङमा साहबले तीन तथा जेरार्ड र डान डाउथवेटले समान एक विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ पाएको काठमाडौं गुर्खाजले निर्धारित २० ओभरमा १११ रनको सामान्य योगफल खडा गर्‍यो।

पाकिस्तानका तीव्र गतिका बलर सोहेलसँगै चितवनको बलिङसामु काठमाडौँका ब्याटर लामो समय क्रिजमा टिक्नै सकेनन्। काठमाडौंले दोस्रो ओभरमै ओपनर स्टेफन इस्किनाजीलाई २ रनमा गुमायो। तर अर्का ओपनर मिकाइल लेभित र सुमीत महर्जनले इनिङ समाल्ने प्रयास गरे। तनभिरले नै लेभितलाई २५ रनमा आउट गर्दै यो साझेदारी तोडे। उनले १६ बलमा चार चौका र एक छक्का हिर्काए।

त्यसपछि सुमीत क्रिजमा टिक्ने प्रयास गरे। उनले ४१ बलमा २९ रन जोडे। उनको इनिङमा एक चौका मात्र रह्यो। चितवनका कप्तान कुशलले जेरार्डलाई ४ रन र सोहेलले भीम सार्कीलाई १ रनमा आउट गर्दै काठमाडौँलाई ५.२ ओभरमा ३४-४ को स्थितिमा पुगाए। तर शंकर रानाले १६ रन र डान डाउथवेटले १९ रन जोड्दै इनिङ उकास्ने प्रयास गरे।

अमर रौटेलाले शंकरलाई विकेटकिपर विपिन राउलबाट क्याच गराए। सोहेलले काठमाडौँका कप्तान करण केसी र साहबलाई समान १ रनमा पेभिलियन फर्काउककंदै सस्तैमा रोके। चितवनको बलिङमा सोहेलले ४ ओभरमा पाँच विकेट लिँदा रिजन ढकाल, कुशल, अमर र लुकको नाममा समान एक विकेट रह्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad