काठमाडौँ गुर्खाजविरुद्ध पाँच विकेट लिएका चितवन राइनोजका पाकिस्तानी बलर सोहेल तनभिरले पिच सहज नभए पनि आफ्नो अनुभवका कारण मद्दत मिलेको प्रतिक्रिया दिएका छन्।
नेपालको जस्तो पिचमा आफूले खेलिसकेको र झन्डै चार सयवटा ट्वान्टी–२० क्रिकेट खेलेकाले आफूलाई आज खेल्न गाह्रो नभएको बताए।
योजनाअनुरूप खेल्न कहिलेकाहीँ नहुने भए पनि आज आफू भाग्यशाली रहेको उनको भनाइ छ। उनले आफ्नो टोली राम्रो रहेको समेत उल्लेख गरे। करिब २० वर्ष आफ्नो खेल करिअर रहेको र आफूसँग भएको ज्ञान नेपालका क्रिकेटरलाई सेयर गर्न सदैव तयार रहेको उनको भनाइ थियो।
साथै तनभिरले नेपाली क्रिकेट विस्तारै विकास हुँदै आएकोसमेत उल्लेख गरे।
पराजित टोली काठमाडौँका कप्तान करण केसीले राम्रो सुरुवात पाए पनि त्यसलाई सदुपयोग गर्न नसकेको धारणा राखे। करिब १५०-१६० को लक्ष्य सोचे पनि सुरुमा राम्रो साझेदारी हुन नसक्दा योजना पूरा नभएको करणको भनाइ छ।
विदेशी खेलाडीलाई पिचमा खेल्न गाह्रो हुँदा घरेलु खेलाडीले इनिङस् अगाडि बढाउनुपर्ने उनको सुझाव छ।
Shares

प्रतिक्रिया