खेल


मौसम ढकालले तोडे आसिफ र अनिलको साझेदारी

मौसम ढकालले तोडे आसिफ र अनिलको साझेदारी

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १५:३७, काठमाडौँ

मौसम ढकालले जनकपुर याक्सको बलियो साझेदारी तोड्दै कणाली याक्सलाई पहिलो सफलता दिलाएका छन्। 

कर्णाली लिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको जनकपुरले दशौँ ओभरको खेल जारी रहँदा १ विकेटको क्षतिमा ८४ रन बनाएको छ। 

पहिलो विकेटका लागि अ‍ोपनर ओपनर अनिल शाह र आसिफ शेखले ८४ रनको साझेदारी गर्दै जनकपुरलाई बलियो स्थितिमा पुर्याएका छन्।

कर्णालीका मौसमले दशौँ ओभरको चौथो बलमा आसिफ शेखलाई ३६ रनमा क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए। 

आसिफले २९ बलमा २ चौका र २ छक्का हाने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad