रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रले अग्रता झन् बढाउँदै लगेको छ।
माओवादी केन्द्रकी नरपूरा बुढाले एक हजार ८७८ मतसहित अग्रता कायम राखेकी छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार पुथाउत्तरगंगामा कांग्रेस-एमाले गठबन्धनबाट एमालेकी केशकुमारी तुलाचनले एक हजार ५३ मत ल्याएकी छन्। उनी कांग्रेसको चुनाव चिन्हमा निर्वाचन लडेकी हुन्।
अहिलेसम्म पुथाउत्तरगंगा गाउँपालिका १, २, ३, ४, १२, १३, १४ नम्बर वडाको मतगणना सकिएको छ।
अघिल्लो निर्वाचनमा उपाध्यक्षमा विजयी माओवादीकी भुपेन्द्रा बुढाको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो।
अघिल्लो निर्वाचनमा पुथाउत्तरगंगाको उपाध्यक्षमा भुपेन्द्रा बुढा ४ हजार ५९ मतसहित विजयी भएकी थिइन्।
त्यतिबेला कांग्रेसकी कमला कुमारी मल्लले २ हजार १० र एमालेकी धर्म घर्ती बुढाले १ हजार ८१२ ल्याएकी थिइन्।
Shares

प्रतिक्रिया