भारतको विदेश मन्त्रालयले च्याम्पियन्स ट्रफीमा सहभागी हुन भारतीय क्रिकेट टोली पाकिस्तान जाने सम्भावना नरहेको बताएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवाललाई पत्रकार सम्मेलनमा सोधिएको थियो- भारतले सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीका लागि पाकिस्तानमा टोली पठाउने हो?
जवाफमा जैसवालले भने, "बीसीसीआईले यस सम्बन्धमा विज्ञप्ति जारी गरेको छ। जसमा उसले त्यहाँ (पाकिस्तानमा) सुरक्षाको चिन्ता रहेको बताएको छ। त्यसैले टोली त्यहाँ जान्छ जस्तो लाग्दैन।"
उल्लेखनीय छ कि च्याम्पियन्स ट्रफी २०२५ पाकिस्तानमा आयोजना हुँदैछ।
भारतीय सञ्चारमाध्यमका अनुसार बीसीसीआईले आईसीसीलाई भारतीय टोली पाकिस्तान नजाने लिखित जानकारी गराएको छ।
भारतीय टोलीले सन् २००८ यता पाकिस्तानी भूमिमा कुनै खेल खेलेको छैन।
51
Shares

प्रतिक्रिया