खेल


एसिया कपमा नेपाल, भारत र पाकिस्तानसँगै

एसिया कपमा नेपाल, भारत र पाकिस्तानसँगै

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार २०:५०, काठमाडौँ

नेपाली युवा क्रिकेट टोली अर्को महिना मलेसियामा हुने महिला यू–१९ एसिया कपमा भारत र पाकिस्तानसँगै रहेको समूह ए मा परेको छ।

बुधबार भएको आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा छनोट भएपछि नेपाली युवा टोली स्वतः एसिया कपका लागि छनोट भएको हो।

पहिलो पटक हुन लागेको यू–१९ एसिया कपमा नेपालसहित ६ टोली सहभागी छन्। समूह बी मा बंगलादेश, श्रीलंका र मलेसिया छन्।

वायोमास क्रिकेट ओभलमा हुने आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्नेछ। सो खेल पुष १ गते हुनेछ। समूह चरणको अन्तिम खेलमा पुष २ गते भारतविरुद्ध खेल्नेछ।

समूह चरणको पहिलो खेलमा मंसिर ३० गते भारत र पाकिस्तान खेल्ने तालिका छ।

समूहका शीर्ष २ टोलीले सुपर चारमा स्थान बनाउनेछन्। पुछारका दुई टोलीले पाचौँ र छैटौँ स्थानका लागि खेल्नेछन्।

एसिया कप डिसेम्बर १५ देखि २२ सम्म हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad