खेल


यू-१९ महिला विश्वकप एसिया छनोटः आज नेपाल र कुबेत भिड्दै

यू-१९ महिला विश्वकप एसिया छनोटः आज नेपाल र कुबेत भिड्दै

नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार ५:३७, काठमाडौँ

यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज (मंगलबार) नेपाल र कुबेत भिड्दैछन्। 

अजमानस्थित दि सेभेन स्टेडियममा हुने खेल स्थानिय समय अनुसार बिहान साढे ९ बजे सुरु हुनेछ। 

नेपालले कुवेतविरुद्वको पहिलो खेलमा १ सय ८ रनको फराकिलो जित निकालेको थियो। नेपाल आजको खेलमा पनि सोही नतिजा दोहोराउने योजनामा हुनेछ। 

पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको नेपालले दोस्रो खेलमा भने १ सय ६ रनको जित निकालेको थियो। 

तेस्रो खेलमा भने नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो। 

चार टोली सहभागी छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन्। डबल लिग फम्र्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू१९ विश्वकपमा स्थान बनाउनेछन्।

एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ। यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रअरी २ सम्म मलेसियामा हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad