समाज


पहाडी र हिमाली भेगमा वर्षा-हिमपातको सम्भावना

मौसम महाशाखाले जारी गर्‍यो २४ घण्टे चेतावनी
पहाडी र हिमाली भेगमा वर्षा-हिमपातको सम्भावना

फाइल तस्बिर: हिमपात


नेपालखबर
कात्तिक २५, २०८१ आइतबार ६:४४, काठमाडौँ

आज (आइतबार) देशका पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपात हुने सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

यस क्रममा दिउँसो देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। 

यसैबीच पहाडी क्षेत्र भए पनि आज काठमाडौँ उपत्यकामा भने वर्षाको सम्भावना नरहेको मौसम महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्। ‘आज उपत्यकाको मौसम आंशिक बदली (आकाशमा थोरै थोरै बादल लागे पनि घाम देखिने) मात्र हुन्छ, वर्षाको सम्भावना देखिएको छैन’, उनले भनिन्। 

यस्तै राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

यस क्रममा राति पहाडी भूभागका थोरै  स्थानमा हल्का वर्षा हुने सम्भावना छ। अनि उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

यतिबेला (आइतबार बिहान) भने देशका पहाडी भेगमा आंशिक बदली र  बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।

मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।  

जसमा भनिएको छ- देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा र देशका उच्च पहाडी  तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद्का अनुसार हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। हिउँदयाम नजिकिँदै गरेकाले हिमपात हुने क्रम र चिसो बढ्दै गएको छ। अहिले पोस्ट मनसुन छ भने डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad