खेल


महिला यू–१९ विश्वकप क्रिकेट छनोटमा नेपालको पहिलो हार, यूएईसँग १३ रनले पराजित

महिला यू–१९ विश्वकप क्रिकेट छनोटमा नेपालको पहिलो हार, यूएईसँग १३ रनले पराजित

नेपालखबर
कात्तिक २४, २०८१ शनिबार १४:४२, काठमाडौँ

यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले पहिलो हार व्यहोरेको छ। 

शनिबार भएको खेलमा नेपाल घरेलु टोलीसँग १३ रनले पराजित भएको हो। यूएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो। 

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक ४८ रनको योगदान दिइन्। उनले ४३ बलमा ५ चौका प्रहार गरेपनि टोलीको हार टार्न सकिनन्। 

सना प्रविन र सोनी पाख्रिनले समान १९ रन बनाए। ज्योत्सिना मरासिनी ११ रनमा अविजित रहिन्। 

नेपाललाई अन्तिम ओभरमा १८ रन चाहिएको अवस्थामा त्यसअघि अजमानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो। 

यूएईका लागि रिनिता रजिथले सर्वाधिक ४८ रन बनाईन्। उनले ३३ बलमा ५ चौका र २ छक्का प्रहार गरिन्। 

ओपनर लाभन्या केनीले २० तथा इन्दुजा नन्दकुमारले १२ रन थपे। 

नेपालकी पुजा शर्माले ३ विकेट लिइन्। पुजा महतो, करिश्मा गुरुङ र सिमा केसीले समान एक विकेट लिए। 

जितसँगै यूएई ६ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। ४ अंक भएको नेपाल दोस्रो स्थानमा छ। 

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो। दोस्रो खेलमा कुवेतमाथि १ सय ८ रनको फराकिलो जित निकालेको थियो। 

प्रतियोगितामा नेपालले आइतबार पुनः थाइल्यान्डसँग खेल्नेछ। 

चार टोली सहभागी छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन्। डबल लिग फम्र्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू–१९ विश्वकपमा स्थान बनाउनेछन्।

यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ। 

एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad