खेल


विश्वकप लिग-२: स्कटल्यान्डविरुद्ध आज हुने खेलमा करण केसी र भीम सार्की सहभागी नहुने

विश्वकप लिग-२: स्कटल्यान्डविरुद्ध आज हुने खेलमा करण केसी र भीम सार्की सहभागी नहुने

फाइल तस्बिर: करण केसी


नेपालखबर
कात्तिक १९, २०८१ सोमबार १७:४८, काठमाडौँ

अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज (सोमबार) स्कटल्यान्डविरुद्धको खेलमा करण केसी र भीम सार्की सहभागी नहुने भएका छन्।

फाइल तस्बिर : भीम सार्की

आफ्नो चौथो तथा अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग भिड्दै छ। 

अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेपाली समयाअनुसार राति सवा १० बजे सुरु हुने खेलमा चोटका कारण करण र भीम नरहने नेपाल क्रिकेट संघ (क्यान) जानकारी दिएको हो। 

क्यानका अनुसार सट्टामा देव खनाल र सागर ढकाल खेलमा सहभागी हुनेछन्। 

लिग-२ को जारी शृंखलामा यसअघि पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो भने घरेलु टोली अमेरिकासँग नेपाल दुवै खेलमा हारेको थियो। 

स्कटल्यान्डले भने अमेरिकासँगका दुवै खेल जितेको थियो। 

आजको खेल जित्दै नेपाल अमेरिका भ्रमण सुखद् रूपमा अन्त्य गर्न चाहन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad