खेल


५० हजार सिट क्षमताको रंगशाला आवश्यक छ, छिट्टै निर्माण गर्छौं : प्रधानमन्त्री ओली

५० हजार सिट क्षमताको रंगशाला आवश्यक छ, छिट्टै निर्माण गर्छौं : प्रधानमन्त्री ओली

नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार २०:२४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले छिटै आकर्षक, आधुनिक, सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने बताएका छन्।

बिहीवार बालुवाटारमा साफ महिला च्याम्प्यिनसिप उपविजेता टोलीसँगको भेटका क्रममा उनले ५० हजार सिट क्षमताको रंगशाला नेपालाई आवश्यक भएकाले सोहीअनुसार सरकार अघि बढ्ने बताए।

उनले विकास मन नपराउनेहरु पनि रहेको भन्दै सरकारले एउटा नयाँ रंगशाला सकेसम्म छिटै बनाउने घोषणा गरे।

उनले भने, ‘रंगशाला पर्याप्त भएन। जम्मा १५ हजार ३७३ क्षमताको छ। त्यसो भएर १५ हजार ३७३ नभइ अब ५० हजारको स्टेडियम चाहिएको छ। हाम्रो जनसंख्यालाई ५० हजार भए अलि ठिकै होला की। धेरै मानिसले विकास मन पराउँदैनन्। तर हामीले एउटा नयाँ रंगशाला सकेसम्म छिटै आकर्षक, आधुनिक, सुविधा सम्पन्न र रंगशाला यस्तो होस् जहाँ सबै प्रकारको खेलहरु समावेश गर्न सकियोस्। हामी त्यस्तो रंगशाला बनउन खोज्दैछौँ। काठमाडौं बाहिर त एउटा छँदैछ रंगशाला बन्दै गरेको। काठमाडौं उपत्यका भित्र बनाउँछौँ।’

प्रधानमन्त्री ओलीले साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई घोषणा गरिएको पुरस्कार राशी तिहार बिदा लगत्तै उपलब्ध गराउने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad