खेल


नेपाली खेलाडीले उत्कृष्ट खेले : प्रधानमन्त्री

नेपाली खेलाडीले उत्कृष्ट खेले : प्रधानमन्त्री

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार २१:३७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपमा नेपाली खेलाडीको पदर्शनलाई उत्कृष्ट भनेका छन्।

च्याम्पियनसिपको फाइनल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशाला नै पुगेका प्रधानमन्त्री ओलीले खेल समापनपछि सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन्।

बंगलादेशसँग २–१ को अन्तरले नेपाल पराजित भएपछि प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेले। हाम्रो मेहनत अब अर्को खेल जित्ने गरी हुनेछ। धन्यवाद नेपाली टोली!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad