साफ महिला च्याम्पियनसिपको फाइनल खेल सुरु भएको छ। फाइनलका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ।
फाइनल खेल हेर्नका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शकहरूको ओइरो लागेको छ। खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह लगायत पनि रंगशाला पुगेका छन्।
बुधबार बिहानैदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन ठाउँबाट टिकट वितरण गरेको थियो।
महिला फुटबल नेपाली टोलीले १२ औँ फाइनल खेल घरेलु मैदानमा नै खेल्न लागेको हो।
त्यसैले महिला टोलीमाथि यो पटक नयाँ इतिहास रच्ने राम्रो अवसर घरेलु मैदानमा नै जुरेको छ।
अघिल्ला ११ फाइनलमा उपविजेतामा मात्रै सिमित भएको नेपाली महिला टोली हरेकपटक उपाधिको दाबेदार टोली मानिन्थ्यो।
तर फाइनलमा भने नेपाली टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेको थिएन।
तर आज (बुधबार) बंगलादेशविरुद्ध नेपाली टोली मैदान उत्रँदा ती सबै विगतलाई बिर्सेर नयाँ इतिहास लेख्न चाहन्छ।
Shares

प्रतिक्रिया