खेल


साफ महिला च्याम्पियनसिप फाइनलका लागि टिकट बिक्री रोकियो

साफ महिला च्याम्पियनसिप फाइनलका लागि टिकट बिक्री रोकियो

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार १९:७, काठमाडौँ

साफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत कात्तिक १४ गते दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको फाइनलका लागि टिकट बिक्री वितरण रोकिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सूचना प्रकाशित गरी ‘अर्को सूचना जारी नभएसम्मका लागि’ टिकट बिक्री रोकिएको स्पष्ट पारेको छ।

‘कात्तिक ११ गते आइतबार दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाडौँमा साफ वुमेन्स च्याम्पियनसिप–२०२४’ को सेमिफाइनल खेलअन्तर्गत नेपाल र भारतबीचको खेलमा संघसँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै टिकेटिङ अधिकार प्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सत्यतथ्य बुझ्ने कार्य भइरहेको’ एन्फाले जनाएको छ।

एन्फाले माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिलाई हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्न-नगराउन भनेको छ।साथै, अर्को सूचना जारी नभएसम्म नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट खरिद नगर्न पनि दर्शकसँग आग्रह गरेको छ।

नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण व्यवस्थित गरी अर्को सूचनामार्फत जानकारी गराइने एन्फाको भनाइ छ।

‘यो सार्वजनिक सूचनालाई बेवास्ता गर्दै टिकट बिक्री वितरण गरी कुनै समस्या आइपरेमा अखिल नेपाल फुटबल संघ जवाफदेही नहुने र त्यसबाट उत्पन्न हुने परिस्थितिका लागि सम्बन्धित पक्ष जिम्मेवार हुने’ एन्फाका प्रवक्ता सुरेश शाहद्वारा जारी सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad