साफ च्याम्पियनसिप अन्तर्गत आइतबार साँझ जारी नेपाल र भारतबीच अवरुद्ध बनेको सेमिफाइनल खेलमा नेपालले गोल गरेको छ।
नेपालका लागि सावित्रा भण्डारी साम्बाले गोल गरेकी हुुन्। विवादपछि अवरुद्ध बनेको खेल दोस्रो हाफको १८ मिनेटबाट सुरु भएको थियो।
साम्बाले खेल सुरु भएको एक मिनेटमै भारतको पोस्टमा गोल हानिन्। दोस्रो हाफको १९ औँ मिनेटमा गोल गर्दै उनले भारतसँग बराबरी बनाएकी हुन्।
खेलको ७१ औँ मिनेटमा भारतकी संगिता बासफोरको गोलमा भारतले सुरुवाती अग्रता बनाएको थियो।
लगत्तै नेपालकी प्रिती राईले नेपालका लागि गोल फर्काएकी थिइन्। तर रेफ्रीले गोलको मान्यता नदिएपछि खेल पुनः तनावग्रस्त भएको थियो।
निकैबेर प्रभावित बनेको खेल पुनः सुरु भएको थियो।
2.1k
Shares

प्रतिक्रिया