खेल


राफिन्हाको ह्याट्रिकमा बायर्नविरुद्ध बार्सिलोनाको सानदार जित

राफिन्हाको ह्याट्रिकमा बायर्नविरुद्ध बार्सिलोनाको सानदार जित

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार ७:३३, काठमाडौँ

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा बायर्न म्युनिखविरुद्ध सानदार जित दर्ता गरेको छ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले बायर्नलाई ४–१ को फराकिलो अन्तरले हराएको हो।

खेलको पहिलो मिनेटमै राफिन्हाको गोलमा घरेलु टोली बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। फर्मिन लोपेजको पासमा राफिन्हाले गोल गरेका थिए।

उनले ४५ र ५६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। 

खेलको ३६औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल थपेपछि बार्सिलोनाको अग्रता फराकिलो भएको थियो।

खेलको १८औँ मिनेटमा ह्यारी केनले फर्काएको गोल बायर्नका लागि सान्त्वना बन्न पुग्यो। 

गएरातिकै अर्को खेलमा म्यानचेस्टर सिटीले स्पाटर्क प्रागविरुद्ध ५–० को सानदार जित दर्ता गरेको छ। 

इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीको जितमा हालान्डले दुई गोल गरे। फिल फोडेन, स्टोइनिस र म्याथुस नुनेजले एक/एक गोल गरे। 

अर्को खेलमा लिभरपुलले आरबी लाइपजिग र इन्टर मिलानले योङ ब्वाइजलाई १–० ले हराए।

गएराति नै भएको खेलमा एथलेटिको मड्रिड लिलसँग ३–१ ले स्तब्ध बन्न पुग्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad