साफ महिला च्याम्पियनसिप अन्तर्गत साविक विजेता बंगलादेशविरुद्ध पाकिस्तानले सुरुवाती अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आइतबार जारी खेलको पहिलो हाफ जारी रहँदा पाकिस्तानले अग्रता लिएको हो।
नवौँ मिनेटमा बंगलादेशकी रितु पोर्ना चक्माको क्रसमा कोहाती किस्कुको प्रहारले पोष्टको गति लिन सकेन। २० औँ मिनेटमा डिबक्स भित्रबाट सामसुनहाजको प्रहार क्रसबारको माथिबाट आकाशिदा बंगलादेशले अग्रता लिने मौका गुमायो।
२३ औँ मिनेटमा बंगलादेशकी कप्तान सविना खातुनको प्रहार बाहिरियो। २६ औँ मिनेटमा पाकिस्तानकी अमिना हनिफको पासमा सुहा हिरानीको लामो प्रहार बंगलादेशकी गोलरक्षक रुक्मा चक्माको हातमा लाग्दै बाहिरियो।
खेलको ३२ औँ मिनेटमा जहमिन समिन मलिकको गोलमा पाकिस्तानले सुरुवाती अग्रता बनाएको छ। रमिन फरिदको पासमा जहमिनले गोलरक्षक बिट भएको अवस्थामा दुई डिफेन्डरलाई बिट गर्दै गोल गरेकी थिईन्।
Shares

प्रतिक्रिया