नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले केही समय नेपाली टिमको मेन्टरको भूमिका निर्वाह गर्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार दासानायकेलाई आईसीसी लिग २ का लागि मेन्टर मनोनीत गरिएको प्रवक्ता छुम्बि लामाले जनाएका छन्।
उनलाई इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को कार्यक्रम अनुसार नेपाल, स्कटल्याण्ड र अमेरिकाबीच यही नोभेम्बर २५ देखि डिसेम्बर ४, २०२४ सम्म अमेरिकामा सञ्चालन हुने आईसीसी सीडब्लुसी लिग–२ प्रतियोगिताका दौरान उक्त प्रतियोगिता अवधिभरका लागि मेन्टरको भूमिका निर्वाह गर्ने गरी मनोनयन गरिएको क्यानले जनाएको छ।

204
Shares

प्रतिक्रिया