खेल


साफ महिला च्याम्पियनसिपका लागि अन्तिम टोलीको घोषणा

साफ महिला च्याम्पियनसिपका लागि अन्तिम टोलीको घोषणा

नेपालखबर
असोज २८, २०८१ सोमबार १७:२५, काठमाडौँ

घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिपका लागि अन्तिम टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार अन्तिम टोलीको घोषणा गरेको हो। 

टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा टोली घोषणा गरेका हुन्। 

लगातार तेस्रो पटक घरेलु मैदानमा हुन लागेको साफ महिला च्याम्पियनसिप कात्तिक १ गतेदेखि सुरु हुँदैछ। च्याम्पियनसिपका लागि सहभागी टोलीहरु नेपाल आउने क्रम सुरु भइसकेको छ। 

च्याम्पियनसिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भूटान र बंगलादेश गरी सात राष्ट्र सहभागी हुँदैछन्। 

सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह बी मा श्रीलंका माल्दिभ्स र भुटान छन्। समूह ए मा उपाधि दाबेदार भारत, साविक विजेता बगंलादेश र पाकिस्तान छन्। 

च्याम्पियनसिपको उद्घाटन खेलमा कात्तिक १ गते भारत र पाकिस्तान भिड्नेछन्। 

आयोजक नेपालले भने कातिक २ गते भुटानसँग खेल्दै च्याम्पनयसिपको सुरुवात गर्नेछ। पाँच पटक च्याम्पियनसिपको फाइनलमा पुगेको नेपालले उपाधि जित्न भने सकेको छैन। 

साफ महिला च्याम्पियनसिप खेल्ने अन्तिम टोलीः 
गोलरक्षकः
एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, 
डिफेन्डरः गीता राना, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिरा कुमारी भुजेल, सजनी थोकर
मिडफिल्डरः रेनुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, दिपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी
फरवार्डः रश्मी कुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad