डियोगो जोटा र कोडी गाक्पोले समान दुई गोल गरेपछि लिभरपुलले इङ्लिस लिग कपमा वेष्ट ह्याम युनाइटेडमाथि सहज जित दर्ता गरेको छ।
बुधबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले वेष्ट ह्याममाथि ५–१ को सानदार जित दर्ता गरेको हो।
लिभरपुलका लागि डियोगो र कोडीले समान दुई गोल गर्दा मोहम्मद सलाहले एक गोल थपे।
डियोगोले खेलको २५ र ४९ औँ मिनेटमा गोल गरे। सलाहले खेलको ७४ औँ मिनेटमा गोल गरे।
कोडीले खेलको ९० र इन्ज्युरी समयमा गोल गरे।
खेलको २१ औँ मिनेटमा लिभरपुलका जरेल क्वान्साहले वेष्ट ह्यामलाई एक गोल उपहार स्वरुप दिए।
लिभरपुलले चौथो चरणमा ब्राइटनविरुद्ध खेल्नेछ। चौथो चरणका खेलहरु २८ अक्टोबरदेखि सुरु हुनेछ।
30
Shares
प्रतिक्रिया