खेल


आईसीसी महिला टी–२० विश्वकप : उपाधिका लागि अष्ट्रेलिया र भारत भिड्दै

आईसीसी महिला टी–२० विश्वकप : उपाधिका लागि अष्ट्रेलिया र भारत भिड्दै

नेपालखबर
फागुन २५, २०७६ आइतबार ६:४०,

आईसीसी महिला टि–ट्वान्टी विश्वकप फाइनलमा आइतबार आयोजक अष्ट्रेलिया र भारत भिड्दै छन्। मेलवर्न क्रिकेट मैदानमा केहीबेरमा हुने खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको छ।

भारत पहिलो पटक टि–ट्वान्टी विश्वकप उपाधि जित्ने होडमा छ। सेमिफाइनल खेल वर्षाका कारण रद्द हुँदा इंग्ल्याण्डलाई पछि पार्दै भारत पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो।

यता घरेलु टोली अष्ट्रेलिया पाँचौं पटक च्याम्पियन बन्दै उपाधि रक्षा गर्ने सोचमा छन्। अष्ट्रलियाले यस अघि सन् २०१०, २०१२, २०१४ र २०१८ मा विश्वकप टि–ट्वान्टी को उपाधि जितेका थिए।

भारतका लागि युवा १६ वर्षीय ब्याट्सवुमेन्स सफाली बर्मा प्रमुख हतियार हुन्। आक्रामक ब्याटिङको लागि परिचित बर्माले ४ खेलमा १ सय ६१ रन जोडेकी छिन्। उत्कृष्ट लयमा रहेकी बर्माको प्रर्दशन भारतीय महिला टोलीको लागि निकै महत्वपूर्ण रहनेछ।

त्यस्तै लेग स्पिनर पुनम यादव पनि भारतको प्रमुख हतियार हुन् । उनले जारी विश्वकपमा ४ खेलमा ९ विकेट लिर्दै शीर्ष स्थानमा छिन्। समुह चरणमा भारतले अष्ट्रेलियालाई १७ रनले हराउने क्रममा पुनमले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिएकी थिइन्।

यता घरेलु टोली अष्ट्रेलिया लिग चरणको हारमा भोगेको बदला फाइनलमा लिने सोचमा छ। तर प्रमुख अलराउन्डर एलिस पेरी चोटका कारण टोलीमा नहुँदा केहि दबाबमा थपिने छ। बेथ मोनी, विकेटकिपर एलिसा हेली, कप्तान मेग लानिङ, मेगन उत्कृष्ट लयमा हुँदा अष्ट्रेलिया महिला टोली उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad