आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा आइतबार मनाङ मर्स्याङ्दी क्लब र झापा–११ फुटबल क्लब भिड्दै छन्। यो खेल प्रतियोगिताको २ सयौं खेल पनि हो। खेल दिउँसो २ बजे पोखरा रगंशालामा हुनेछ।
विक्रम संवत २०५८ मा क्याराभान गोल्डकपको नामबाट सुरु भएको प्रतियोगिता त्यसयता २०५९ सालदेखि आहा राराको नामबाट अहिलेसम्म निरन्तर चलिरहेको छ।
प्रतियोगितामा हालसम्म नेपाल पुलिस क्लबले सर्वाधिक ६ पटक उपाधि उचालेको छ। मनाङ र रुस्लान थ्री स्टार क्लवले भने समान ५ पटक उपाधि जितेका छन्। आयोजक सहारा, अफ्रिकन युनाइटेड क्लवले एक–एक पटक उपाधि आफ्नो नाममा लेखाएका छन्।
मनाङले वाई पाएर सिधै क्वार्टरफाइनलमा स्थान बनाएको हो भने झापा–११ ले सशस्त्र प्रहरीको एपीएफलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो।

प्रतिक्रिया