बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरुले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग सहकार्य गरी अघि बढ्ने इच्छा प्रकट गरेका छन्। एनआरएनए अध्यक्ष कुमार पन्तसँग शुक्रबार बिहान फानवरोमा भएको अन्तरक्रियामा बोल्ने भूपूगोर्खाका अगुवा नेताहरुले नागरिकताको निरन्तरता, सम्पत्ति अधिकारसहितका विषय भूपू गोर्खाको समेत चासोका मुद्दा भएको भन्दै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन्।
भूपुगोर्खाहरुको छाता संस्था गेसोका उपाध्यक्ष धर्म तामाङले भूपूगोर्खाहरुले सन् १८१५ देखि लगातार बेलायतको सेवा गरेको स्मरण गर्दै भूपूगोर्खाहरुले समान पेन्सन पाउनु पर्ने जनाए। संविधानले गैरआवासी नेपाली नागरिकताको ग्यारेन्टी गरिनुलाई ठूलो उपलब्धिको रुपमा लिनुपर्ने भन्दै उनले भने, ुदेशको समृद्धिका लागि विदेशमा सिकेको ज्ञान र सीपलाई नेपालको हितमा प्रयोग गर्न सहकार्य गरेर अघि बढ्नु पर्छ।ु
कार्यक्रममा लेफ्टिनेन्ट कर्णेल एम रानाले भूपूगोर्खाहरुले नेपाली नागरिकताको निरन्तरताको मुद्दामा सरकारले बेग्लै नजरले हेरिदियोस् भन्ने चाहना राखेको बताए। उनले गैरआवासीय नेपाली र भूपूगोर्खाको समस्या समान रहेको जनाए।
कार्यक्रममा भूपूगोर्खा तथा गैरआवासीय नेपाली संघ युकेका निर्वमान अध्यक्ष योगकुमार फगामीले भूपुगोर्खाहरुले एनआरएनएलाई अपनत्वको भावना सिर्जना हुने गरी काम गर्नुपर्ने बताए।
गैरआवासीय नेपाली संघ अन्तरर्गतको भूपूगोर्खा सम्वन्धी एक समितिका संयोजक चन्द्र गुरुङको संयोजत्वमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङको समेत उपस्थिति थियो।

प्रतिक्रिया