ad ad

खेल


यी हुन् दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिपका विजेता (सूची)

यी हुन् दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिपका विजेता (सूची)

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १७:८, काठमाडौँ

दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप सम्पन्न भएको छ। शनिबार तारकेश्वर नगरपालिकाकाको सहयोगमा आयोजना भएको प्रतियोगितामा ३६२ खेलाडीहरूले आफ्नो योगासन प्रस्तुत गरेका थिए।

एकल र रिदमिक समूह प्रतिस्पर्धा गरी दुई विधामा भएको प्रतिस्पर्धामा ९ वर्ष मुनि देखि ५० वर्ष माथिका खेलाडीहरूलाई समेटिएको थियो। 

एकल प्रतिस्पर्धामा २३२ खेलाडीहरूले व्यक्तिगत योगासन प्रस्तुत गरे भने संगीतमय रिदमिक समूह प्रतिस्पर्धामा १३० खेलाडीहरूले सामूहिक योगासन प्रस्तुत गरे। 

उत्कृष्ट प्रदर्शन गरेका विजेताहरूको घोषणा पनि शनिबार नै गरिएको आयोजक समितिका संयोजक केदारनाथ बस्ताकोेटीले जानकारी दिए। 

यस प्रतियोगिताले योगलाई खेलको रूपमा प्रस्तुत गर्दै सबै उमेर समूहका नागरिकहरूलाई सहभागी गराउने लक्ष्य राखेको बस्ताकोटी बताउँछन्। 

योग खेलकुद महासंघ विसं २०७३ फागुन २३ गते खेलकुद परिषद्‌मा दर्ता भई योगको आसनमार्फत खेललाई अन्तर्राष्टियकरणमा लागेको छ। 

अन्तर्राष्ट्रिय योग खेलकुद महासंघमा आबद्ध यस संस्थाले विश्वकपमा पनि सहभागिता जनाएको थियो। सन् २०२२ डिसेम्बरमा भारतको बैंग्लोरुमा भएको प्रतियोगितमा १७ जना खेलाडी सहभागी थिए।

पुरुष समूहतर्फ
९ वर्षभन्दा कमः 
प्रथमः सुजल रामु
द्वितीयः सौगात तामाङ
तृतीयः आदर्श महतो
९ देखि ११ वर्ष 
प्रथमः सत्यनारायण शाह
द्वितीयः गोविन्द यादव
तृतीयः रोहन तामाङ
१२ देखि १४ वर्ष
प्रथमः विराज पन्थी
द्वितीयः सन्दिप अधिकारी
तृतीयः दिप्सन पौडेल
१५ देखि १७ वर्ष
प्रथमः ऋतिक श्रेष्ठ
द्वितीयः आशिष श्रेष्ठ
तृतीयः विवेक यादव
१८ देखि ३५ वर्ष
प्रथमः सन्दीप घिमिरे
द्वितीयः पत्युष महर्जन
तृतीयः जगदीश्वर कर्मचार्य
३६ देखि ४९ वर्ष
प्रथमः लाल बहादुर ठाकुर
द्वितीयः सिम बहादुर बुढाथोकी
तृतीयः नवराज ढुंगाना
५० वर्ष माथि
प्रथमः ध्रुव प्रसाद दाहाल
द्वितीयः एक बहादुर रेग्मी
तृतीयः श्याम अवाले

महिला तर्फ
९ वर्ष मुनिः
प्रथमः एन्जिला चौलागाईं
द्वितीयः एनी तामाङ
तृतीयः आशिका सुवेदी
९ देखि ११ वर्ष 
प्रथमः लुनिभा खड्गी
द्वितीयः संरचना पुरी
तृतीयः रिछिन लामा
१२ देखि १४ वर्ष
प्रथमः कृतिका केसी
द्वितीयः सन्चिता बाटी
तृतीयः मेघा लामिछाने
१५ देखि १७ वर्ष
प्रथमः प्रज्ञा गौतम
द्वितीयः रोश्मी फगामी
तृतीयः तुलसी महासेठ
१८ देखि ३५ वर्ष
प्रथमः करिश्मा घिमिरे
द्वितीयः मञ्जु तोलांगे
तृतीयः सिर्जना राई
३६ देखि ४९ वर्ष
प्रथमः सरिता श्रेष्ठ
द्वितीयः मनोजमाया सिंघक
तृतीयः शोभा महर्जन
५० वर्ष माथि
प्रथमः जीना श्रेष्ठ
द्वितीयः सुस्मा गौतम पौडेल
तृतीय रत्नमाया महर्जन

पुरुष सामूहिक
प्रथमः क्यामेलिया सेकेण्डरी विद्यालय
द्वितीयः अक्सिडेण्टल पब्लिक स्कुल
तृतीयः इन्टरनेशनल जोशेफ पब्लिक स्कुल

महिला सामूहिक
प्रथमः शंकरपुर नगर योग खेलकुद संघ
द्वितीयः एशिया प्यासिफिक स्कुल
तृतीयः बालबाटिका स्कुल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .