ad ad

खेल


पल्सर स्पोर्ट्स अवार्ड आज, को-को होलान् विजेता?

पल्सर स्पोर्ट्स अवार्ड आज, को-को होलान् विजेता?

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार ८:३५, काठमाडौँ

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड २०८० आज (शुक्रबार) हुँदै छ।

स्पोर्ट्स अवार्ड समारोह काठमाडौँस्थित प्रज्ञा भवनमा हुनेछ।

एनएसजेएफले हरेक वर्ष आयोजना गर्ने स्पोर्ट्स अवार्डका लागि पिपल्स च्वाइस अवार्ड, वर्ष उत्कृष्ट महिला, पुरुष, युवा र प्रशिक्षकको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ।

यो वर्षको स्पोर्ट्स अवार्डको मनोनयनमा क्रिकेटको वर्चस्व छ।

वि.सं. २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनका आधारमा खेलाडी र प्रशिक्षक मनोनयनमा परेका हुन्।

महिला उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा एरिका गुरुङ (कराते), मेनुको राजवंशी (कबड्डी), रुबिना क्षेत्री (क्रिकेट), सावित्रा भण्डारी (फुटबल) र सन्तोषी श्रेष्ठ (एथलेटिक्स) परेका छन्। 

वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा रोहितकुमार पौडेल (क्रिकेट), दीपेन्द्रसिंह ऐरी (क्रिकेट), अनन्त तामाङ (फुटबल), मोहम्मद शेखु आलम (कराते) र सुवास तामाङ (गल्फ) छन्।

युवा वर्ष खेलाडीको मनोनयनमा क्रिकेटका अर्जुन कुमाल फुटबलकी प्रिती राई, भारोत्तोलनका हेमन्त पाल, टेबलटेनिसका सुजन गडाल र टेनिसका सुनिरा थापा छन्।

वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा पारा तेक्वान्दोका कविराज नेगी लामा, करातेका कुशल श्रेष्ठ, क्रिकेटका मोन्टी देशाई, कबड्डीकी पार्वती राई र भारोत्तोलनका सञ्जय मर्हजन छन्।

वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाका विजेताले पल्सर एनएस २०० बाइक प्राप्त गर्नेछन्। 

पिपल्स च्वाइस अवार्डको मनोनयनमा फुटबलकी प्रिती राई, क्रिकेटका गुल्सन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट र रग्बीका श्रीराम श्रेष्ठ छन्। पिपल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० बाइक प्राप्त गर्नेछन्।

स्पोर्ट्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने आजै हुनेछ।

अन्य विधाका विजेताले जनही १ लाख रुपैयाँ र गिफ्ट हयाम्पर प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .