ad ad

खेल


एन्फा महिला लिगमा एपीएफको तेस्रो जित

एन्फा महिला लिगमा एपीएफको तेस्रो जित

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १७:४०, काठमाडौँ

एपीएफ फुटबल क्लबले एन्फा महिला लिगमा तेस्रो जित दर्ता गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबारको दोस्रो खेलमा एपीएफले वालिङ नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफको १२ औँ मिनेटमा रेनुका नगरकोटेको गोलमा एपीएफले सुरुवाती अग्रता बनायो। रेनुकाले सरु लिम्बुको पासमा बललाई पोष्टको जाली चुमाएकी थिइन्।

खेलको १७ औँ मिनेटमा कप्तान अनिता बस्नेतको पासमा सरु लिम्बुको शसक्त प्रहार क्रसबार माथिबाट बाहिरिँदा अग्रता दोब्बर बनाउने सुन्दर मौका एपीएफले गुमायो।

पहिलो हाफको ३८ औँ मिनेटमा रश्मी कुमारी घिसिङको गोलमा एपीएफले अग्रता दोब्बर पार्यो।

खेलको ८० औँ मिनेटमा सिसी नानटोङ्गोको गोलमा वालिङले गोल अन्तर कम गर्यो।

जितसँगै एपीएफ १० अंकमा अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। लिगको चार खेलमा ३ खेलमा जित र १ खेलमा हार व्यहोरेको छ।

समान खेलबाट समान अंक भएको पुलिस क्लब शीर्ष स्थानमा छ। समान खेलबाट ९ अंक भएको त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा छ।

समान खेलबाट वालिङ ६ अंकमा तालिकाको पाचौँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .