ad ad

खेल


राखेपले वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्ने

राखेपले वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्ने

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १७:३६, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ६१ औं वार्षिकोत्सवको उपलक्ष्यमा ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको छ।

बुधबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने कार्यक्रम राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने राखेपले जनाएको छ।

कार्यक्रममा सिनियर र जुनियर गरि समान १ पुरुष र महिला तथा १ जना पारा खेलाडीलाई सम्मान गर्नेछ।

प्रशासनिक र प्राविधिकका ८ कर्मचारी (२ करार कर्मचारी), २ खेल पत्रकार, १ स्थानीय तह, १ प्रायोजक तथा १ राष्ट्रिय खेल संघलाई पुरस्कृत गर्ने राखेपले बताएको छ।

स्थानीय तह, प्रायोजक र राष्ट्रिय खेल संघलाई कदर पत्र तथा बाँकीलाई कदर पत्रसहित नगद पुरस्कारबाट सम्मान गर्ने राखेपले बताएको छ।

सोही अवसरमा राखेपमा २० वर्ष सेवा अवधि पूरा गरेका २ सय ३६ कर्मचारीलाई परिषद् सेवा पदक प्रदान गरिने छ। वर्षमा हासिल गरेको उपलब्धी, सक्रिएता र गतिविधिलाई मध्यनजर गरी पुरस्कृत गर्न लागिएको हो।

कार्यक्रमलाई सम्पन्न गर्न राखेप कार्यकारी समितिकी सदस्य नन्दा बस्यालको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको छ।

पुरस्कृत खेलाडी छनोट गर्न विभिन्न ५ कार्यदल बनाइएको छ। तालिम तथा प्रशिक्षण विभागकी उप–निर्देशक संगीना वैद्यको संयोजकत्वमा परिषद् सेवा पुरस्कार लागि कर्मचारी छनोट कार्यदल, राष्ट्रिय टिम तयारीका उप–निर्देशक दीपक श्रेष्ठको संयोजकत्वमा खेलाडी छनोट कार्यदल गठन गरेको छ।

खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलको संयोजकत्वमा राष्ट्रिय खेल संघ तथा प्रायोजक छनोट कार्यदल, प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहालको संयोजकत्वमा खेलकुद पत्रकार छनोट कार्यदल तथा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माको संयोजकत्वमा स्थानीय तह छनोट कार्यदल गठन गरिएको छ।

वि.सं २०२१ साल भदौ १३ गते पहिलो खेलकुद ऐन लागू भएको दिनलाई राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो वार्षिकोत्सवका रुपमा मनाउदै आएको छ। वार्षिकोत्सवका दिन भदौ १३ गते राखेपले त्रिपुरेश्वरमा कार्यक्रम आयोजना गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .