ad ad

खेल


विश्वकप छनोटमा मेस्सीविनाको अर्जेन्टिनाको सहज जित

विश्वकप छनोटमा मेस्सीविनाको अर्जेन्टिनाको सहज जित

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १२:४०, काठमाडौँ

विश्वकप २०२६ को छनोट खेलमा अर्जेन्टिनाले चिलेलाई सहजै हराएको छ। शुक्रबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले ३–० को जित दर्ता गर्दै शीर्षस्थानमा पक्कड जमाएको हो। 

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना नियमित कप्तान लियोनल मेस्सीविनै मैदान उत्रिएको थियो। तर टोलीले उनको अभाव खड्किन दिएन।

अर्जेन्टिनाका लागि ४८ औं मिनेटमा एलेक्सिस म्याक अलिस्टारले गोल गर्दै अग्रता दिलाएका थिए। अस्टिारको गोलमा पास मिलाइदिएका जुलियन अल्भारेजले ८४ औं मिनेटमा अग्रता दोब्बर पारे। उनले लो सेल्सोको पासमा गोल गरे।

अतिरिक्त समयको पहिलो मिनेटमा पाउलो डिबालाले अर्को गोल थपे। उनले अलेजान्द्रो गार्नाचोको पासमा गोल गरेका हुन्। 

यो खेलमा अर्जेन्टिनाका दुई ठूला खेलाडी भने टोलीमा समावेस थिएनन्। एन्जल डिमारियाले सन्न्यास लिइसकेको र मेस्सी चोटका कारण टोली बाहिर थिए। 

तर मेस्सी ठीक भएर मैदान फर्किने तरखरमा छन्। अर्को खेल अर्जेन्टिनाले बुधबार बिहान कोलम्बियासँग खेल्नेछ। सात खेलमा एक खेलमात्रै हारेको अर्जेन्टिनाको १८ अंक भएको छ। दोस्रो स्थानको उरुग्वेको ६ खेलमा १३ अंक छ। ब्राजिल भने ६ खेलमा मात्रै ७ अंकसहित छैठौं स्थानमा छ।

१० टोली रहेको दक्षिण अमेरिकामा सबैले समान १८ खेल खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .