ad ad

खेल


पेरिस पारालिम्पिक्समा ऐतिहासिक पदक विजेता पलेसालाई सरकारले ६५ लाख दिने

पेरिस पारालिम्पिक्समा ऐतिहासिक पदक विजेता पलेसालाई सरकारले ६५ लाख दिने

नेपालखबर
भदौ २०, २०८१ बिहिबार २०:३४, काठमाडौँ

सरकारले पेरिस पारालिम्पिक्समा २०२४ को तेक्वान्दोमा काँस्य पदक प्राप्त गरी राष्ट्रको गौरव स्थापित गर्ने खेलाडी पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ दिने भएको छ।

यस्तै, प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

उनले भने, ‘पेरिस पारालिम्पिक्समा २०२४ को तेक्वान्दोमा काँस्य पदक प्राप्त गरी राष्ट्रको गौरव स्थापित गर्नुहुने खेलाडी पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ, प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .