ad ad

खेल


एन्फाले उत्कृष्ट खेलाडीलाई कार दिने

एन्फाले उत्कृष्ट खेलाडीलाई कार दिने

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार ९:२६, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) उत्कृष्ट खेलाडीलाई कार दिने निर्णय गरेको छ। 

यही भदौ ११ र १३ गते बसेको एन्फा बैठकले महिला र पुरुषतर्फका उत्कृष्ट खेलाडीलाई प्रोत्साहन स्वरुप कारबाट पुरस्कृत गर्ने तथा उत्कृष्ट रेफ्रि र प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ र मोटरसाइकल दिने निर्णय गरेको हो। 

त्यसैगरी उत्कृष्ट खेलालाडीलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट ५ लाख रुपैयाँ र मोटरसाइकल/स्कुटरबाट पुरस्कृत गर्ने निर्णय पनि एन्फाले गरेको हो। उत्कृष्ट खेलाडी, रेफ्रि तथा प्रशिक्षक छनोट गर्न पुरुषोत्तम थापाको संयोजकत्वमा हरी खड्का र संजिव मिश्र सदस्य रहेको तीन सदस्यीय समितिसमेत गठन गरिएको छ। 

बैठकले महिला साफ च्याम्पियनसिप २०२४ प्रतियोगिता काठमाडाँैको दशरथ रगंशालामा गर्ने निर्णय गरेको छ। अक्टोबर १७ देखि ३० सम्म प्रतियोगिता हुने एन्फाले जनाएको छ।

एन्फा महिला लिगको उद्घाटन यही भदौ १६ गते दशरथ रगंशालामा गर्ने निर्णय गरेको छ। अन्य खेलहरु कहाँ गर्ने भन्ने बारेमा भने एन्फाले खुलाएको छैन। यद्यपी प्रतियोगिता सञ्चानल गर्न सरिला श्रेष्ठको संयोजकत्वमा सन्त थापा र वृन्दा देवान सदस्य रहेको समिति बनाइएको छ।

एन्फालै यसै वर्षदेखि आगामी तीन वर्षसम्म देशव्यापी ग्रासरुट कार्यक्रम गर्ने निर्णय पनि गरेको छ। 

एन्फाको निर्णय नम्बर १३ मा कास्की जिल्लको माछापुच्छ्रे गाउँपालिकाको भेडाबारीको टेक्निकल सेन्टर र रौतहटको चन्द्रनिगाहपुरको महिला एकेडेमीमा कानुनी विवाद समाधानका लागि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का संयोजक रहने गरि सहायक महासचिव दामोदर भट्टराई र अरुणमान जोशी तथा प्रवक्ता सुरेश शाह सदस्य रहेको कमिटी गठन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .