ad ad

खेल


एन्फाले ३ लाख अमेरिकी डलर खर्चेर दशरथ रंगशालाको खेल मैदान मर्मत गर्ने

एन्फाले ३ लाख अमेरिकी डलर खर्चेर दशरथ रंगशालाको खेल मैदान मर्मत गर्ने

फाइल तस्बिर


नेपालखबर
भदौ १४, २०८१ शुक्रबार ९:३, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालाको मैदान मर्मतका लागि ३ लाख अमेरिकी डलर विनियोजन गर्ने निर्णय गरेको छ। 

भदौ ११ र १३ गते गरि दुईदिन एन्फा कम्प्लेक्समा बसेको एन्फाको बैठकले रंगशालाको मैदान मर्मतका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको हो। 

रंगशाला मर्मत, रेखदेख, संरक्षण तथा परिचालनको जिम्म संघबाटै गर्नका लागि युवा तथा खेलकुदमन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसँग माग गर्ने निर्णय पनि एन्फाले गरेको छ।

.एन्फाले करिब २५ देखि ४० हजार दर्शक क्षमताको सुविधासम्पन्न आधुनिक र अन्तराष्ट्रिय मापदण्डसहितको फुटबल रंगशाला निमार्ण गर्न आवश्यक देखिएको जनाएको छ। नयाँ रंगशाला निर्माणको लागि जग्गा उपलब्ध गराइलिदनका लागि सरकारलाई अनुरोध गर्ने निर्णय पनि एन्फाले गरेको छ।

नयाँ रंगशाला निर्माण गर्न २२ लाख अमेरिकी डलर विनियोजन गर्ने महत्वकांक्षी निर्णयसमेत बैठकले गरेको छ। रंगशाला  निर्माणका लागि संघका उपाध्यक्ष दिपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा, कार्यसमिति सदस्य मनिष जोशी रहने रहने तीन सदस्यीय समिति समेत गठन गरेको छ। 

यस्तै बैठकले महिला लिग तथा छनौट फुटबल प्रतियोगिताको तीन संस्करण आयोजना गर्न  ६ लाख ९८ हजार १ सय ८१ अमेरिकी बजेट विनियोजन गर्ने निर्णय गरेको छ। 

बैठकले ग्रासरुट कार्यक्रम सञ्चालन गर्न १ लाख ९६ हजार १ सय १० अमेरिकी डलर, एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रो टर्फ तथा लाइट जडानका लागि ३ लाख ६४ हजार ७१३ अमेरिकी डलर, गोदावारी नगरपालिकामा रहेको खेल मैदान निर्माण गर्न १ लाख अमेकिरी डलर विनियोजन गर्ने निर्णयसमेत गरेको छ। 

यसैगरी बैठकले काभ्रेको धुलिखेल नगरपालिकाको फुटबल खेल मैदान निर्माण गर्न १ लाख अमेरिकी डलर, पूर्वाधार निर्माण गर्न आवश्यक धादिङ्ग, मकवानपुर, जुम्ला लगायत कागजात पुरा गर्ने जिल्लामा ५ लाख, विभिन्न खेलकुद सामग्री खरिद गर्न ३ लाख अमेरिकी डलर, राष्ट्रिय खेलाडीहरुलाई आवागमनका लागि सुविधासम्पन्न सटल बस खरिद गर्न १ लाख अमेरिकी डलर विनियोजन गर्ने निर्णय पनि एन्फाले गरेको छ। 

त्यसैगरी लगेज डेलिभरी भ्यान खरीद गर्न २५ हजार अमेरिकी डलर, सिन्धुपाल्चोक जिल्लामा फुटवल प्रशिक्षण केन्द्र निर्माण गर्न १ लाख अमेरिकी डलर, सप्तरी जिल्लामा फुटबल खेल मैदान निर्माण गर्न १ लाख अमेरिकी डलर र कैलाली जिल्लामा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न १ लाख अमेरिकी डलर विनियोजन गर्ने निर्णय भएको छ।

हेर्नुहाेस् एन्फाकाे निर्णय


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .