ad ad

खेल


नेपाल प्रिमियर लिगमा आठ टोलीको प्रतिस्पर्धा हुने

नेपाल प्रिमियर लिगमा आठ टोलीको प्रतिस्पर्धा हुने

नेपालखबर
भदौ १३, २०८१ बिहिबार २०:२, काठमाडौँ

घरेलु क्रिकेट लिग नेपाल प्रिमियर लिगमा यसपटकदेखि ८ वटा टोली हुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) को बिहीबार बसेको बैठकले ८ वटा फ्रेन्चाइज टीमहरुको सहभागीता रहने निर्णय गरेको हो। 

लिग आगामी नोभेम्बर ३० देखि सेप्टेम्बर २१ सम्म काठमाडौँमा हुनेछ। यसअघि यो लिगमा ६ वटा सहरको नाममा ६ सहरको नाममा ६ टोली लाई प्रतिस्पर्धा गराउने तयारी गरेको थियो।

यस्तै क्यानको बैठकले वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता कोसी प्रदेशमा गर्ने निर्णय गरेको छ। प्रतियोगिता सेप्टेम्बर र अक्टोबरमा सञ्चालन हुने क्यानले जानकारी दिएको छ। 

संघको वार्षिक कार्यक्रममा समावेश इलाइट कप क्रिकेट मधेस प्रदेशमा हुनेछ। आईसीसी यू–१९ महिला विश्वकप एसिया क्वालिफायरको पहिलो चरणको बन्द प्रशिक्षण दाङको लमहीमा गर्ने निर्णय भएको छ।

संघको वार्षिक साधारणसभा असोज ११ र १२ गते गण्डकी प्रदेशको पोखरामा गर्ने निर्णय भएको छ।

म्याच फिक्सिङमा अदालतबाट सफाइ पाएका राष्ट्रिय क्रिकेट खेलाडी आदिल आलमको निलम्बन फुकुवाको प्रक्रिया अगाडी बढाउने पनि निर्णय भएको क्यानका प्रवक्ता छुम्बी लामाले बैठकपछि विज्ञप्ति मार्फत जानकारी दिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .