ग्लोबल


टेलिग्रामका मालिक पाभेल डुरोभलाई फ्रान्स छाड्न प्रतिबन्ध

टेलिग्रामका मालिक पाभेल डुरोभलाई फ्रान्स छाड्न प्रतिबन्ध

फाइल फाेटाे : पाभेल डुरोभ


नेपालखबर
भदौ १३, २०८१ बिहिबार २०:१०, काठमाडौँ

मेसेजिङ एप टेलिग्रामका मालिक तथा संस्थापक पाभेल डुरोभलाई फ्रान्स छाड्न प्रतिबन्ध लगाइएको छ।

पेरिसका अभियोजकहरूले म्यासेजिङ एपमा संगठित अपराधको अनुसन्धानको भागका रूपमा डुरोभलाई फ्रान्समा औपचारिक अनुसन्धानअन्तर्गत राखिएको बताएका छन्।

३९ वर्षीय डुरोभलाई हिरासतमा राखिएको छैन। उनलाई न्यायिक निगरानीमा राखिएको छ। उनले ५ मिलियन युरो जम्मा गर्नुपर्नेछ।

रुसी मुलका अर्बपति डुरोभ पनि फ्रान्सेली नागरिक हुन्। उनी हप्तामा दुईपटक फ्रान्सेली प्रहरी चौकीमा हाजिर हुनुपर्नेछ। उनलाई फ्रान्सबाट बाहिर जान अनुमति छैन।

गत शनिबार पाभेल डुरोभलाई पहिलोपटक पेरिसको उत्तरमा रहेको ले बोर्जेट विमानस्थलमा पुग्नासाथ एपसँग सम्बन्धित अपराधको वारेन्टअन्तर्गत पक्राउ गरिएको थियो।

बुधवार पेरिस अभियोजकले विज्ञप्ति जारी गरी डुरोभलाई औपचारिक अनुसन्धानअन्तर्गत बताएका थिए। 

डुरोभविरुद्ध संगठित गिरोहका तर्फबाट लेनदेनको लागि अनलाइन प्लेटफर्म चलाउन मिलमतो गरेको, अधिकारीहरूसँग वार्ता गर्न अस्वीकार गरेको, बालबालिकाका अश्लील तस्बिरको संगठित वितरणमा संलग्नजस्ता आरोप छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad