म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डिस आगामी सन् २०२७ सम्म क्लबमै रहने भएका छन्।
उनले क्लबमा रहन विकल्पसहित नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन्।
२९ वर्षीय फर्नान्डिस सन् २०२० को जनवरीमा लिस्बनबाट ४७ मिलियन पाउन्डमा युनाइडेड आएका थिए।
यसअघि सन् २०२२ मा २०२६ सम्म क्लबमै रहनेगरी नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए।
सम्झौता नवीकरणपछि उनले भने- म्यानचेस्टर युनाइटेडका लागि ममा रहेको जोस सबैलाई थाहा छ। म यो टोलीलाई अगाडि बढाउन पाउँदा खुसी छु।
उनले थपे- यो जर्सीको जिम्मेवारी र महत्त्व बुझेको छु, क्लबको प्रतिनिधित्व गर्दै आफूलाई समर्पण गर्न चाहन्छु।
उनी सन् २०२३ को जुलाईमा ह्यारी म्यागुइरको स्थानमा युनाइटेडको कप्तान बनेका थिए।
पोर्चुगिज मिडफिल्डर उनले क्लबको २ सय ३४ खेलमा ७९ गोल र ६७ असिस्ट प्रदान गरेका छन्।
उनले पोर्चुगलका लागि ७१ खेल खेलेका छन्।
Shares

प्रतिक्रिया