ad ad

खेल


ओलम्पिक फाइनलबाट निकालिएपछि विनेश फोगाटले लेखिन्- अलबिदा कुस्ती!

‘आमा! कुस्तीले मलाई जित्यो, म हारेँ, माफ गर्नुहोस्’
ओलम्पिक फाइनलबाट निकालिएपछि विनेश फोगाटले लेखिन्- अलबिदा कुस्ती!

विनेश फोगाट


नेपालखबर
साउन २४, २०८१ बिहिबार ७:२५, काठमाडौँ

पेरिस ओलम्पिकको फाइनलमा पुगेर बढी तौलका कारण अयोग्य घोषित भारतीय महिला कुस्तीबाज विनेश फोगाटले कुस्ती खेलबाटै बिदा लिएकी छन्।  

बुधबार पेरिस ओलम्पिकको ५० किलो तौल समूहको फाइनल भिड्न ठिक्क भएका बेला उनलाई तौल धेरै भएको भन्दै खेलबाट निकालिएको हो। 

पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि फोगाटले सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै कुस्तीलाई अलबिदा भनेकी हुन्। 

फोगाटले लेखेकी छन्, ‘आमा! कुस्तीले मलाई जित्यो, म हारेँ। माफ गर्नुहोस्, तपाईंको सपना, मेरो साहस सबै टुट्यो। यसभन्दा बढी तागत रहेन अब मसँग।’ 

अगाडि लेखेकी छन्, ‘अलबिदा कुस्ती २००१–२०२४।! 

उनले माफी माग्दै लेखेकी छन्, ‘म तपाईं सबैको सधैँ ऋणि रहनेछु, माफ गर्नुहोस्!’

फाइनल पुग्नुअघि फोगाटले सेमिफाइनलमा क्युबाकी लोपेज गुजमानलाई हराएकी थिइन्।

फोगाट ओलम्पिकको फाइनल पुग्ने पहिलो भारतीय कुस्तीबाज भएकी थिइन्। उनमा १०० ग्राम तौल बढी पाइएको थियो। फाइनलको अघिल्लो दिन मंगलबार राति उनले तौल घटाउन निकै प्रयास गरे पनि सफल भइनन्। 

उनी फाइनलबाट निकालिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत दु:खी भएका थिए। 

उनले ‘एक्स’मा लेखेका थिए, 'विनेश तपाईं च्याम्पियनको पनि च्याम्पियन हुनुहुन्छ। तपाईं भारतको गौरव र हर एक भारतीयका लागि प्रेरणा हुनुहुन्छ। आजको सेटब्याकले दु:खी बनाएको छ। ...त्यसलाई म शब्दमा बयान गर्न कहाँ सक्छु र!'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .