काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा नेपाल र भारतले २–२ को बराबरी गरेका छन्। यो बराबरीसँगै खेल पाँचौँ सेटमा धकेलिएको छ। पाचौँ सेट १५ अंकको हुनेछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार जारी फाइनलमा नेपाल र भारतले २–२ को बराबरी गरेको हो।
पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने १४–२५ ले गुमाउन पुग्यो। तर तेस्रो सेटमा २५–२२ को जित निकाल्दै नेपालले खेलमा पुनः अग्रता बनाएको थियो। तर चौथो सेट भने नेपालले २१–२५ ले गुमाउन पुग्यो।
पहिलो सेट गुमाएको भारतले दोस्रो सेटमा जित निकाल्दै पुनरागमन गरेपनि तेस्रो सेट भने गुमाउन पुग्यो।
दोस्रो सेटको सुरुवातबाट नै प्रतिस्पर्धात्मक देखिएको खेलमा नेपालले लय गुमाउन पुग्दा दोस्रो सेट गुमायो।
51
Shares

प्रतिक्रिया