ad ad

खेल


काभा महिला नेसन्स : इरानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा, भारतसँग उपाधि भिडन्त

काभा महिला नेसन्स : इरानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा, भारतसँग उपाधि भिडन्त

नेपालखबर
साउन २२, २०८१ मंगलबार १८:४९, काठमाडौँ

इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। दुई पटकको च्याम्पियन नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। 

मंगलबार भएको दोस्रो सेमिफाइनलमा इरानमाथि सोझो सेटको जित निकाल्दै घरेलु टोली नेपाल उपाधि नजिक पुगेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार इरानलाई २५–२१ , २८–२६ र २५–२० को जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो। 

दोस्रो सेटमा नेपाल २१–२४ ले पछि परेको नेपालले २८–२६ को रोमाञ्चक जित निकालेको हो।

 

पहिलो सेटमा सहज जित निकालेको नेपालका लागि दोस्रो सेट भने केही प्रतिस्पर्धात्मक बन्यो। 

योसँगै नेपालले इरानसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ। नेपाल लिग चरणमा इरानसँग ३–२ को सेटमा पराजित भएको थियो। 

नेपालले अब उपाधिका लागि साविक विजेता भारतसँग खेल्नेछ। 

भारतले आजै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। भारतले श्रीलंकालाई २५–१५, २५–१६ र २५–२३ को जित निकाले हो।

इरानले अब तेस्रो स्थानका लागि बुधबार श्रीलंकासँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .