खेल


काभा नेसन्स लिग : सुमित्रा र आरतीको राष्ट्रिय टोलीमा डेब्यु

काभा नेसन्स लिग : सुमित्रा र आरतीको राष्ट्रिय टोलीमा डेब्यु

नेपालखबर
साउन १७, २०८१ बिहिबार १७:२२, काठमाडौँ

न्यू डायमण्ड भलिबल क्लबकी मिडल ब्लकर सुमित्रा रेग्मी र त्रिभुवन आर्मी भलिबल क्लबकी स्पाइकर आरती सुवेदीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीमा डेब्यू गरेका छन्।

बिहीबार सुरु काभा नेसन्स लिग अन्तर्गत उद्घाटन खेलमा श्रीलंकाविरुद्ध खेल्दै सुमित्रा र आरतीले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्।

सुमित्रा र आरतीले घरेलु मैदानमा भएको रसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीबाट खेलेका थिए।

न्यू डायमण्डबाट खेल्दै आएकी सुमित्रा छोटो समयमा नै राष्ट्रिय टोलीमा पर्न सफल खेलाडी हुन्।

आरतीले भने राष्ट्रिय टोलीको ढोका खोल्न पाँच वर्ष पर्खनुपर्यो।

सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा बन्द प्रशिक्षणमा परेपनि आरतीले अन्तिम टोलीमा स्थान बनाउन सकिनन्। यसअघि एपीएफबाट घरेलु भलिबल खेल्दै आएकी आरती गतवर्ष आर्मीमा पुगेकी हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad