खेल


एसियन कप छनोटका लागि खेलाडीको बन्द प्रशिक्षण सुरु

एसियन कप छनोटका लागि खेलाडीको बन्द प्रशिक्षण सुरु

नेपालखबर
फागुन १८, २०७६ आइतबार ९:२४,

फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलिया र चाइनिज ताइपेइसँगको खेलका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण आइतबार देखि सुरु भएको छ।

छनोट खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले फागुन ३ गते ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो।

अधिकांस खेलाडी मोफसलको लिगमा व्यस्त भएपछि काठमाडौमा उपलब्ध खेलाडीलाई समेटेर प्रशिक्षण सुरु गरिएको छ।

प्रारम्भिक टोलीमै स्थान बनाएका गोलरक्षक एलन न्यौपाने भने टोलीमा उपलब्ध छैनन्। उनी शनिबार अष्ट्रेलिया उडेपछि मुख्य प्रशिक्षण योहान कालिनले उनको स्थानमा मनाङमस्र्याङदी क्लवका गोलरक्षक दीप कार्कीलाई टोलीमा समेटेका छन्।

मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टोलीमा मिडफिल्डर दर्शन गुरुङ, एरिक विष्ट, पुजन उपरकोटी तथा डिफेन्डर दिलेन मोक्तान टोलीमा समेटिएका छन्।

अमित तामाङले पुनरागमन गर्दा जर्जप्रिन्स कार्की प्रारम्भिक अटाएका छन्। निलम्बनपछि फुकुवा भएका अन्जन बिष्टले टोलीमा स्थान बनाउदा विमल घर्तिमगर, सन्तोष तामाङ र दिनेश राजवंशी भने बाहिर छन्।

नेपालले चैत्र १३ गते चाइनिज ताइपेई र चैत्र १८ गते अष्ट्रेलियासँग दशरथ रंगशालामा खेल्नेछ। विश्वकप छनोटको ५ खेलमा १ मा मत्रा जित निकालेको नेपाल ३ अंकमा अंकतालिकाको चौथो स्थानमा छ।

प्रारम्भिक टोली
गोलरक्षकः विकेश कुथु, विशाल श्रेष्ठ,
डिफेन्डरः रजिन धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देबेन्द्र तामाङ, दिलेन लिक्तान,
मिडफिल्डरः विशाल राई बी, सेसेहाङ आङ्देम्बे, तेज तामाङ, बिक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ,पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रबि पासवान, सुनिल बल, अन्जन बिष्ट,
फरवार्डः जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, विमल राना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad