ad ad

खेल


एसिया कप : भारतले ब्याटिङ रोज्यो, नेपालले पहिले फिल्डिङ गर्ने

एसिया कप : भारतले ब्याटिङ रोज्यो, नेपालले पहिले फिल्डिङ गर्ने

नेपाल र भारतको टस। तस्बिर : क्यान


नेपालखबर
साउन ८, २०८१ मंगलबार १९:७, काठमाडौँ

महिला एसिया कप २०२४ मा भारतविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङको निम्तो पाएको हो। 

साँझ सवा ७ बजे सुरु हुने खेलमा भारत र पाकिस्तानले अन्तिम चारमा लगभग स्थान बनाइसकेका छन्। आजै पाकिस्तानले युएईलाई १० विकेटले पराजित गरेसँगै नेपालको यात्रा यहीँ टुंगिने करिब निश्चित भएको हो। 

नेपालसँगको खेलमा भारतले आफ्ना कप्तान हरमनप्रीत र पूजा वस्त्रकारलाई आराम दिएको छ। यो खेलको कप्तानी मन्धनाले गर्नेछिन्।

भारत आफ्नो अपराजित यात्रालाई कायम राख्दै एसिया कपको सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ। 

भारतीय टोलीले पाकिस्तानलाई ७ विकेटले र युएईलाई ७८ रनले पराजित गर्दै आफ्ना अघिल्ला दुवै खेलमा जित हासिल गरेको थियो। उसले नेपालविरुद्ध पनि यस्तै नतिजा खोज्नेछ। 

पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हात पारेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो। 

प्लेइङ ११
नेपाल : सम्झना खड्का, सीता राना मगर, इन्दु बर्मा (कप्तान), कविता कुँवर,  डली भट्ट, रुविना क्षेत्री, पुजा महतो, कविता जोशी, काजल श्रेष्ठ (विकेट किपर), सबनम राई, बिन्दु रावल । 

भारत : शफाली वर्मा, स्मृति मानधना (कप्तान), दयालन हेमलता, जेमिमाह रोड्रिग्ज, सजना सजिवन, ऋचा घोष (विकेट किपर), दीप्ति शर्मा, अरुन्धती रेड्डी, राधा यादव,  तनुजा रेड्डी, रेनुका सिंह
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .