महिला एसिया कप २०२४ मा भारतविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङको निम्तो पाएको हो।
साँझ सवा ७ बजे सुरु हुने खेलमा भारत र पाकिस्तानले अन्तिम चारमा लगभग स्थान बनाइसकेका छन्। आजै पाकिस्तानले युएईलाई १० विकेटले पराजित गरेसँगै नेपालको यात्रा यहीँ टुंगिने करिब निश्चित भएको हो।
नेपालसँगको खेलमा भारतले आफ्ना कप्तान हरमनप्रीत र पूजा वस्त्रकारलाई आराम दिएको छ। यो खेलको कप्तानी मन्धनाले गर्नेछिन्।
भारत आफ्नो अपराजित यात्रालाई कायम राख्दै एसिया कपको सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ।
भारतीय टोलीले पाकिस्तानलाई ७ विकेटले र युएईलाई ७८ रनले पराजित गर्दै आफ्ना अघिल्ला दुवै खेलमा जित हासिल गरेको थियो। उसले नेपालविरुद्ध पनि यस्तै नतिजा खोज्नेछ।
पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हात पारेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।
प्लेइङ ११
नेपाल : सम्झना खड्का, सीता राना मगर, इन्दु बर्मा (कप्तान), कविता कुँवर, डली भट्ट, रुविना क्षेत्री, पुजा महतो, कविता जोशी, काजल श्रेष्ठ (विकेट किपर), सबनम राई, बिन्दु रावल ।
भारत : शफाली वर्मा, स्मृति मानधना (कप्तान), दयालन हेमलता, जेमिमाह रोड्रिग्ज, सजना सजिवन, ऋचा घोष (विकेट किपर), दीप्ति शर्मा, अरुन्धती रेड्डी, राधा यादव, तनुजा रेड्डी, रेनुका सिंह
Shares

प्रतिक्रिया