ad ad

खेल


बीसीसीआईले भारतीय ओलम्पिक संघलाई ८.५ करोड दिने

बीसीसीआईले भारतीय ओलम्पिक संघलाई ८.५ करोड दिने

बीसीसीआई सचिव जय शाह


नेपालखबर
साउन ६, २०८१ आइतबार २१:१५, काठमाडौँ

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पेरिस ओलम्पिक अभियानका लागि भारतीय ओलम्पिक संघलाई ८.५ करोड रुपैयाँ (भारतीय) दिने घोषणा गरेको छ।

बीसीसीआई सचिव जय शाहले आफ्नो आधिकारिक एक्स एकाउन्टबाट पोस्ट सेयर गरेर यो जानकारी दिएका हुन्।

शाहले आफ्नो पोस्टमा लेखेका छन्- २०२४ पेरिस ओलम्पिकमा भारतको प्रतिनिधित्व गर्ने हाम्रा उत्कृष्ट खेलाडीहरूलाई द्यऋऋक्ष् ले समर्थन गर्ने घोषणा गर्न पाउँदा मलाई गर्व लागेको छ।

उनले अगाडि लेखेका छन्-  ूहामी अभियानका लागि आईओएलाई ८.५ करोड रुपैयाँ दिइरहेका छौँ। हाम्रो सम्पूर्ण टोलीलाई शुभकामना। भारतलाई गर्व गराउनुहोस्। जय हिन्द!

पेरिस ओलम्पिक जुलाई २६ मा सुरु हुनेछ र अगस्ट ११ सम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .