नेपाली महिला क्रिकेटर सम्झना खड्काले एसियाकपमा अर्धशतक पूरा गरेकी छिन्।
श्रीलंकाको दाम्बुला क्रिकेट स्टेडियममा भएको पहिलो खेलमा यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याउने क्रममा सम्झनाले अर्धशतक प्रहार गरेकी हुन्।
उनले ३५ बलमा ८ चौका मद्दतमा ५० रन बनाइन्।
क्रिजमा अहिले सम्झनालाई रुबिना क्षेत्रीले साथ दिइरहेकी छिन्।
939
Shares
प्रतिक्रिया