ad ad

खेल


माईभ्याली क्लव सेमिफाइनल प्रवेश

माईभ्याली क्लव सेमिफाइनल प्रवेश

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार १३:८,

आयोजक माईभ्याली क्लव, माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। इलामको ठूलो टुँडिखेलमा शुक्रबार भएको खेलमा भारत सिक्किमको ग्यान्टोक फुटबल क्लबलाई २–० ले हराउँदै आयोजक अन्तिम आठमा पुगेको हो।

१० टोली सहभागी प्रतियोगिताको क्वार्टरफाइन्ल समिकरण पुरा भएको छ। आयोजकको जितमा दुवै गोल विदेशी खेलाडी जोर्डन ओबानाले गरे। सेमिफाइनल प्रवेशका लागि माइभ्याली क्लवले भारतको मोहम्मडम फुटबल क्लब कोलकाताको सामना गर्नेछ।

सिक्किमको टोली पहिलो खेलमा नै हार भोग्दै बाहिरियो।

प्रतियोगितामा लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका त्रिभुवन आर्मी क्लब, संकटा क्लव सहभागी छन्। आगामी फागुन २४ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .