खेल


काभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने टोलीलाई बिदाइ

काभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने टोलीलाई बिदाइ

नेपालखबर
असार ३१, २०८१ सोमबार १५:३५, काठमाडौँ

यसै साता माल्दिभ्समा‌ हुने काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने युवा टोलीलाई बिदाइ गरिएको छ।

नेपाल भलिबल संघले सोमबार एक कार्यक्रम गर्दै खेलाडीलाई बिदाइ गरेको हो।

बिदाइ कार्यक्रममा संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले युवा खेलाडीलाई मासिक १ हजार रुपैयाँ दिने घोषणा गरे।

च्याम्पियनसिप साउन ३ देखि ८ गतेसम्म माल्दिभ्सको मालेमा हुनेछ। च्याम्पियनसिपमा नेपाल, आयोजक माल्दिभ्स, किर्गिस्तान र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता जनाउने छन्।

नेपालले साउन ३ गते श्रीलंकासँग खेल्दै काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको सुरुवात गर्नेछ। साउन ४ गते किर्गिस्तान र साउन ५ गतेमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।

राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली र लिगको दोस्रो र तेस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछ। दुई खेलको विजेताले फाइनल खेल्नेछन्।  

यसै महिना काठमाडौंमा सम्पन्न प्रथम सहाना प्रधान स्मृति यू–१९ महिला भलिबल च्याम्पियनसिपको प्रर्दशनका आधारमा युवा टोली संघले छनोट गरेको हो।

जसमा सबैभन्दा धेरै बागमती प्रदेशबाट प्रतिनिधित्व गरेका न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबका ६ जना टोलीमा परेका छन्। एभरेस्ट भलिबल क्लबबाट खेल्ने लुम्बिनी प्रदेशका ४, गण्डकीबाट खेलेका नेपाल पुलिस क्लब र सुदुरपश्चिमबाट खेलेका त्रिभुवन आर्मी क्लबबाट समान एक खेलाडी टोलीमा परेका छन्।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, नेकपा समाजवादीकी‌ नेतृ राम कुमारी झाक्री, संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले बिदाइ गरे।

यू–२० महिला टोली
जेनिशा विश्वकर्मा (कप्तान), सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री
मुख्य प्रशिक्षक – कुमार राई
सहायक प्रशिक्षक – अर्जुन घिमिरे
टिम व्यवस्थापक – जुनु पुन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad